भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए | Khabarhub Khabarhub

भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो ।

हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलब १९ प्रतिशत हो ।

पछिल्लो एक दिनमा नौ हजार ८६२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख २५ हजार ५५ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा भारतमा १३ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८७० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ४५ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ८८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : २९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर