नेपाल र अफगानिस्तानबीचको खेल रद्द | Khabarhub Khabarhub

नेपाल र अफगानिस्तानबीचको खेल रद्द


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे । ‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यस अघि एन्फाले एएफसी कप- २०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय गरेको थियो ।

कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने । यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ । कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ ।

एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : ४२ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम