पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह | Khabarhub Khabarhub

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानूनबमोजिमको कारवाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ ।”   

आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागिसमेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । यौन अपराध, बलात्कार जस्तो जघन्य हिंसाप्रति आयोगको धारणा शून्य सहनशीलता रहेको छ भने यस घटनाका सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर नेपाल सरकारबाट छानविन समिति गठन भइसकेको छ ।

आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको र गठित समितिले सो सम्बन्धमा निष्पक्ष छानविन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : ३० बजे

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै

काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी