आज कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ? | Khabarhub Khabarhub

आज कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच वटा वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : ४५ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार