विश्वभर २४ घण्टामा ३६ लाख सङ्क्रमित थपिए | Khabarhub Khabarhub

विश्वभर २४ घण्टामा ३६ लाख सङ्क्रमित थपिए


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर थप ३६ लाख ३१ हजार भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३६ लाख ३१ हजार नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड ६७ लाख ८५ हजार ३ सय ८१ पुगेको छ ।

यस्तै २४ घण्टामा १६ लाख ३५ हजार ५ सय ७६ जनाको निको भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख तीन हजार ३६ रहेको छ ।

अझै पनि विश्वभर ६ करोड ४६ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९५ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७ करोड १३ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ४१ लख निको भएका छन् । ८ लाख ७ हजारको भने मृत्यु भएको छ । अमेरिकामा गत २४ घण्टामा ७ लाख ६६ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख १ हजार निको भएका छन् । २ हजार ७ सय ७४ जनाको भने मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : २९ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै