विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका | Khabarhub Khabarhub

विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । उक्त खेल फेब्रुअरी १९ मा अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।

तेस्रो खेलमा नेपालको भेट क्यानाडाविरुद्ध हुनेछ । उक्त खेल भने ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा हुन्छ ।

समूह ए को ग्रुप २ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमफाइनलका खेल फेब्रुअरी २२ मा हुने र फाइनल २४ तारिखमा हुने खेल तालिका छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ०४ बजे

आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा– आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि