दक्षिणी रसुवाका दर्जनौँ घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु | Khabarhub Khabarhub

दक्षिणी रसुवाका दर्जनौँ घरमा चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् ।

जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका ५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएका हुन् ।

चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर  तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिए ।

उत्तरगया गाउँपालिका ५ वडा कार्यालय र  माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

विभिन्न कोषबाट अनुसन्धानको  काम तीव्र रूपमा अगाडि बढिरहेकाले  शङ्कास्पद व्यक्तिको गोप्यरूपमा  हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : ३६ बजे

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट

मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउँछौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली