कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व | Khabarhub Khabarhub

कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा- कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको छ । 

अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरे। 

विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित भएका थियो । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित छ वटा वडा जितेको छ । सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

नवनिर्वाचित प्रमुख–उप्रमुखलाई स्वागत 

दियालो नेपाल नामक संस्थाले शिवराज नगरपालिकाका नवनिर्वाचित प्रमुख–उपप्रमुखलाई स्वागत गरेको छ । प्रमुखमा अजय थापा र उपप्रमुखमा शिवकुमारी थारू निर्वाचित भएपश्चात संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मीना परियारले २५–२५ किलोका माला लगाई सम्मान गरेका हुन्।

दलित मानवअधिकार निगरानी समितिका अध्यक्षसमेत रहेका परियारले निर्वाचित प्रतिनिधिसँग नगरवासीले ठूलो आशा र अपेक्षा राखेकाले पाँच वर्षमा नमूना काम गर्न आग्रह गरे। सम्मान ग्रहण गर्दै नगरप्रमुख थापाले शिवराजको विकास र समृद्धिमा आफू कटिबद्ध भएर लाग्ने बताए। 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ३ : ०५ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र