भरतपुरमा चार हजार मतले रेनु दाहाल अगाडि | Khabarhub Khabarhub

भरतपुरमा चार हजार मतले रेनु दाहाल अगाडि


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्।

पछिल्लो मत परिणाम अनुसार दाहाल २४ हजार ६६० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २० हजार ६६३ मतसहित पछ्याइरहेका छन्।

मतगणनाको सुरुवाती दिनमा चर्को प्रतिस्पर्धा भए पनि अहिले रेनुले करिब चार हजार बढी मत पाएकी छन्। सुवेदी र दाहालबीचको मत अन्तर तीन हजार ९९७ रहेको छ।

त्यस्तै भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८४० मत प्राप्त गरेका छन्।

भरतपुरको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७९४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १६ हजार १६९ मत पाएकी छन्।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ०४ बजे

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको