मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या | Khabarhub Khabarhub

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो ।

२०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती चार महिनाअघि पुनः जुम्ला फर्केपछि जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन बन्न पुगेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

विशेषज्ञ चिकित्सक नुहुँदा शल्यक्रिया, हाईड्रोसिल, हर्निया, एपेन्डिसाइटिसजस्ता रोगबाट पीडित बिरामीहरुको उपचार गर्न समस्या भएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए ।

उनका अनुसार जिल्ला अस्पताल मुगुको लागि सर्जन, स्त्री रोग र बालरोग गरी तीनजनाको विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । अस्पतालमा चार जना मेडिकल अधिकृत रहेकामा निर्मल नगरकोटी, ज्ञानेश्वर श्रेष्ठ अध्ययन बिदामा रहेका प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ११ : ४० बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा