कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न डाकिएको सर्वदलीय बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न डाकिएको सर्वदलीय बैठक निष्कर्षविहीन


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् । सभामुख शाहीले आज बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिए ।

“आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निष्कन सकेन”, सभामुख शाहीले भने, “अब फेरि अर्को बैठक बसेर छलफल हुन्छ ।” मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दलको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरेको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ०० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल