सेती नदीले सडक कटान गरेपछि यातायात बन्द | Khabarhub Khabarhub

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – जिल्लामा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो ।

नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ। अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन् ।

गत वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक पुनःनिर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो । सडक बगाउँदा धनगढी, काठमाडौँलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ३४ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि