‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ’ | Khabarhub Khabarhub

‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ’


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ अन्र्तगतको ‘स्यानिटेशन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकर्तामा आयोजित कार्यक्रममा उनले नेपालको संविधानअनुसार स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा नागरिरको पहुँच मौलिक हकका रुपमा स्थापित भएको र सोको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

देशव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्व बढ्दै गएको उनले बताए । मन्त्री चौधरीले जलवायु परिवर्तनको असरबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा परिरहेको असर न्यूनीकरण गरी दिगो समाधान गर्न आवश्यक रहेको बताए । 

उपयुक्त संस्थागत क्षमता विकास तथा थप लगानीको आवश्यकताको क्षेत्र पहिचान गरी सिकाइको आदानप्रदान गर्न सम्मेलनले योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । मन्त्री चौधरीले सङ्घीय प्रणालीअनुरूप खानेपानी सरसफाइ र स्वच्छता सेवामा प्रभावकारिता कायम गर्न तथा चुनौतीको सामना गर्न तीन तहकै सरकार र सरोकारवालासँगको सहकार्य गरिँदै आएको उल्लेख गरे । उनले सहभागी विकास साझेदारलाई नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वानसमेत गरे । 

जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरिय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरी जकर्ता गएका थिए । सम्मेलनमा भाग लिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली पनि उनीसँगै गएको छ । मन्त्री चौधरीले आज ‘बिल्डिङ फरवार्ड बेट्टर फर रिकोभरी एण्ड रिसाईलेन्स’ विषयमा भएको छलफलमा सहभागी भएका थिए । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ०१ बजे

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित