बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी | Khabarhub Khabarhub

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो बनेको छ ।

जिल्लाको बागलुङ र गलकोट नगरपालिका, काठेखोला, बडीगाड, तमानखोला  र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सो पार्टीले  विजय हासिल गरेको हो । यसैगरी नेकपा (माओवादी केन्द्र) ले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जितेको छ । 

यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका चार  स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको थियो । जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जित हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो ।

बागलुङमा वसन्तकुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, गलकोटमा भरत शर्मा गैरे, बडीगाडमा गण्डकी थापा अधिकारी, तमानखोलामा जोकलाल बुढानिसीखोलामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।

यसअघि जैमिनी, गलकोट , निसीखोलातमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जित हासिल गरेको छ । ताराखोला, तमानखोलाबरेङ गाउँपालिका , जैमिनी  र ढोरपाटन नगरपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।

जैमिनीमा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटनमा धनबहादुर कायतले उपप्रमुखमा जित हासिल गरेका छन् ।

तमानखोलामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित भइन् भने बरेङमा दिलीपकुमार पुन र ताराखोलामा भीमबहादुर रोकाले जित हासिल गरे ।

जैमिनीको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भए । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जिते । ताराखोलाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङको उपप्रमुख, गलकोटको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ताराखोलामा धनबहादुर बिक हिमालले अध्यक्ष जित्नुभयो भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जिते ।

अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् । बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।

एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।

 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : २६ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी