नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न | Khabarhub Khabarhub

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी संस्थानले विधिपूर्वक पूजा गरी सरकारी घिन्ताङघिसी नाचलाई नगरपरिक्रमा गराएसँगै गाईजात्रा शुरु भएको थियो ।

गाईजात्राको अन्तिम दिन आज पनि भक्तपुरका विभिन्न स्थानबाट हास्यव्यङ्ग्यसहितको ख्याली प्याखँ प्रदर्शन गरिएको थियो । मानिसहरु अनेक प्रकारका वेशभूषामा सजिएर जात्रा अवलोकन गर्नेहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । विभिन्न टोलटोलबाट आज पनि घिन्ताङघिसी नाच प्रदर्शन गरिएको थियो ।

आजै भक्तपुरको सूर्यमढीस्थित वाकुपतिनारायणलाई दीप प्रज्वलनसहित नगरपरिक्रमा गराइएको थियो । सो नगरपरिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरू परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भएका थिए । सो अवसरमा हातमा दियो बालेर समेत स्थानीयवासी सहभागी भएका थिए । 

गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाचलगायतका सांस्कृतिक र पौराणिक नाचहरुको प्रदर्शनसमेत सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ४५ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी