यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य  | Khabarhub Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबार तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।

जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ छ भने अनार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।त्यस्तै, अमला ९५ रुपैयाँ, अम्बा १४५ रुपैयाँ, चोसा आँप २७५ रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ५४ रुपैयाँ ७५ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ,  कागती २२० रुपैयाँ, किवी ५७५ रुपैयाँ, कुरिलो ४५० रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ र लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेँडा ४७ रुपैयाँ ५० पैसा, ठूलो भारतीय गोलभेँडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेँडा ३१ रुपैयाँ २० पैसा, सानो लोकल गोलभेँडा २५ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १४५ रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, घिरौँला ४० रुपैयाँ, चिचिन्डो २८ रुपैयाँ ३३ पैसा, चुकन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २१० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ र झिगूनी ४२ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २५५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ७५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, परवर ४८ रुपैयाँ ३३ पैसा, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३९ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, ब्रोकाउली २६५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ४५ रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी ७४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ३५ रुपैयाँ, शरीफा १६५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ३२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २७० रुपैयाँ, र हरियो धनियाँ ४५० रुपैयाँ रहेको छ ।

यो थोक बजार भाउ हो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : ५७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको