लौरो ‘ब्याटल’को आनन्द लिँदै प्रमुख दल | Khabarhub Khabarhub

लौरो ‘ब्याटल’को आनन्द लिँदै प्रमुख दल

फेसबुकमा-बालेन र हर्कको 'तमासा'


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा नेपालका राजनीतिक दल जति दुःखी थिए, त्यति नै खुसी आम नागरिक थिए। किनकी दलको दादागिरी तोड्न र जनताको विकासको लालसा पुरा गर्न स्वतन्त्रले भूमिका खेल्छन् भन्ने नागरिकको अपेक्षा थियो। तर, बिडम्बना दुई आशा गरिएका पात्र धरानका मेयर हर्क साम्पाङ र बालेन शाह दुनियाँले देख्नेगरी सामाजिक सञ्जालमै जुध्न थालेका छन्।

उनीहरु राजनीतिक दलको दोहोरी बिर्साउने गरी भिड्न थालेका छन्। एउटै चुनाव चिह्न लौरो लिएर उठेका उनीहरु एक अर्काविरुद्ध स्टास लेख्ने र कमेन्ट गरेर उछित्तो काट्न थालेका छन्।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङ चार दिन अघि काठमाडौं आएर फर्किए। काठमाडौं आएको भोलिपल्ट साउन ३० गते फेसबुकमा एउटा स्टाटस लेखे– ‘काठमाडौंको फोहोर व्यवस्थापनमा सख्ती (शक्ति)का साथ प्रस्तुत हुनुपर्छ ! गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक छैन ! फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन् फोहोरी भो !’

राजनीतिक दलको दोहोरी बिर्साउने गरी हर्क साम्पाङ र बालेन्द्र साह भिड्न थालेका छन्। एउटै चुनाव चिह्न लौरो लिएर उठेका उनीहरु एक अर्काविरुद्ध स्टास लेख्ने र कमेन्ट गरेर उछित्तो काट्न थालेका हुन्।

मेयर साम्पाङको यो स्टास काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित थियो। बालेनले फोहोर उठाउन प्रभावकारी कदम नचालेकोमा उनको आक्रोश मिश्रित गुनासो थियो। यो गुनासोसम्म बालेन चुपै थिए। बालेनले योबीचमा फोहोर उठाउन निकै कसरत गरिरहेका थिए। मन्त्री र प्रधानमन्त्रीलाई भेट्नेदेखि प्रभावित क्षेत्रका अगुवासँग निरन्तर छलफल गर्नेसम्मको काम गरिरहेका थिए। अन्ततः उनी प्रहरी परिचालन गरेर मंगलबार १८६ र बुधबार ९० कन्टेनर फोहोर बञ्चरे डाँडामा लगेर फाल्न सफल भए।

प्रहरी परिचालन गरेर बालेनले बढो सकसका साथ काठमाडौंको फोहोर उठाए। तर, सामाजिक सञ्जालमा हर्क साम्पाङले बुधबार बेलुका भनिदिए, ‘जसले जे भनोस्। तर, म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त सुरु गरे !’ हर्कले यसरी स्टाटस लेखे, मानौ उनी काठमाडौं नआएको भए यहाँको फोहोर कहिल्यै उठ्नेबाला नै थिएन। अझै भनौ फोहोर उठाउन उनले भयानक ठूलो सहयो गरे।

काम गर्ने कालु मकै खाने भालु भने झै गरेर हर्कले खिसीट्युरी गरेपछि काठमाडौंका मेयर बालेनले फायर खोले। मेयर हर्ककै स्टाटसमा गएर उनले व्यङग्यात्मक कमेन्ट गर्दै भने, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नी।’ बालेनको यो कमेन्टको व्यङ्ग्यात्मक अर्थ यो हो की– हर्क जी, काठमाडौंको फोहोर मात्रै तपाईले गर्दा उठेको होइन, मैले चुनावसमेत तपाईले नै गर्दा नै जितेको हुँ। तपाईकै कृयाले यहाँसम्म आएको हुँ।

बालेनले यसरी व्याङ्ग्यात्मक जवाफ दिएपछि आगो बनेका धरानका मेयर साम्पाङले बालेनलाई अर्ती र आदेश दिँदै ३ वटा स्टाटस लेख्न भ्याइ सकेका छन्। हर्कले बुधबार बेलुका नै दुई र बिहीबार बिहान एउटा स्टाटस लेखेका हुन्। बालेनको कमेन्टपछि हर्कको पहिलो स्टासट थियो–आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ! यसमा बालेनले कुनै प्रतिक्रिया जनाएका छैनन्।

हर्कले यसरी स्टाटस लेखे, मानौ उनी काठमाडौं नआएको भए यहाँको फोहोर कहिल्यै उठ्नेबाला नै थिएन। अझै भनौ फोहोर उठाउन उनले भयानक ठूलो सहयो गरे।

त्यसपछि बुधबार बेलुका नै हर्कले बालनेलाई नालायकको संज्ञा दिदै मुख बजाउन छाडेर काम गर्न अर्ती दिए। उनले स्टाटसमा भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम, हावा तालका हो।’
काठमाडौंका मेयर बालेनविरुद्ध रातभर स्टाटस लेख्दा पनि मन शान्त नभएपछि धरानका मेयर साम्पाङले बिहीबार बिहानै स्टाटस रुपी अर्को प्रहार गरे। उनले लेखे– ‘ठूला ठूला गफ र हुँकार होइन, सानो सानो काम चाहिएको छ ! हो त्यो गर्नु ! जय काम !’

दुनियाँले देख्ने गरी सामाजिक सञ्जालमा हर्कले बालेनविरुद्ध जुन किसिमका स्टाटस लेखेका छन्। त्यसले हर्कको आक्रोश मात्रै देखाउँदैन, स्वतन्त्रबीचको टकरावलाई समेत सार्वजनिक गरेको छ। बालेनविरुद्ध हर्क किन यसरी आक्रामक रुपमा प्रस्तुत भए ? भेटेरै बालेनलाई सुझाव दिन सक्ने हर्कले सामाजिक सञ्जालमा किन रमिता देखाए ? यो खुल्न सकेको छैन। तर, जे होस् यस पछाडिको एउटा कारण चाहिँ के हो भने देखेको कुरा लेखिहाल्ने हर्कको केटाकेटीपन र फुर्के स्वभाव हो। अध्ययन चिन्तन भन्दा पनि प्वाक्क बोल्ने अपरिपक्क राजनीतिकको उपज पनि हो हर्कको अभिव्यक्ति। बालेनको कमेन्ट पनि यही अपरिपक्वताको उपज हो। यद्यपि यो विवादले के प्रष्ट सन्देश दिएको छ भने क्षेत्राधिकार मिचेर स्वतन्त्रहरु एकले अर्कोको खेदो खेन्न सुरु गरेका छन्।

दुई मेयरकोको लौरो ब्याटल देखेर दलका नेता कार्यकर्ता बढो आनन्द लिइरहेका छन्। उनीहरु देख्यौ त स्वतन्त्रको हविगत भनेर खिसिट्युरी गर्न थालेका छन्।

लौरोको लडाइँमा दल मख्ख
मेयर बालेन र हर्क साम्पाङबीचको यो भनाभनलाई धेरैले लौरो ब्याटलको संज्ञा दिएका छन्। किनकी यी दुबै स्वतन्त्र उम्मेदवार लौरो चुनाव चिह्नबाट लडेका थिए। त्यसो त बालेनले तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव जितेको हुँ भनेर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सो टिप्पणीमाथि मेयर हर्कले ट्विटरमा लेखेका छन्, ‘लौरो कसैको ब्रान्ड होइन ! हाम्रा पूर्खाले प्रयोग गर्दै आइरहेको सहयोगी साधन हो, कसैले लौरो मेरो ब्रान्ड हो, त्यसैले तिम्रो उद्दार भयो भन्नू हुटिट्याउले मैले गर्दा आकाश थामिएको छ र पो संसार जीवित छ भन्नू जस्तै हो। दुई मेयरकोको लौरो ब्याटल देखेर दलका नेता कार्यकर्ता बढो आनन्द लिइरहेका छन्। किनकी आफूहरुको मत खोसेका स्वतन्त्रले शाख पनि खोसिदेलान कि भन्ने चिन्ता दलहरुमा थियो। तर, उनीहरुले नै दलहरुले जसरी रमिता देखाउन थालेपछि उनीहरु ढुक्क मात्रै मानिरहेका छैनन्, देख्यौ त स्वतन्त्रको हविगत भनेर खिसिट्युरी गर्न थालेका छन्।

दलका नेताहरुले संसद्मै दुई स्वतन्त्र मेयरको झगडाबारे सवाल उठाएका छन्। नेकपा एमालेका सांसद कृष्णकुमार राईले फोहोको विषयलाई लिएर दुई मेयरबीच चलेको जुहारी हास्यास्पद भएको मात्रै टिप्पणी गरेका छन्। स्वतन्त्र मेयर बालेन फोहोर व्यवस्थापनमा असफल हुँदै गएको टिप्पणी उनको छ। जे होस, दुई मेयरबीचको लफडालाई लिएर दलका नेताहरुलें रमिता मात्रै हेरिरहेका छैनन्। स्वतन्त्र पनि देख्यौं त भने झै गरेर टिप्पणी गर्न थालेका छन्। जुन निकै दुखःद पाटो हो।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : ०४ बजे

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ

जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी

सरकार व्यवहारमै निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसक्यो : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री