प्रकाश ट्रेलर : शिक्षित युवाको शिक्षक बन्ने संघर्ष (भिडियो) | Khabarhub Khabarhub

प्रकाश ट्रेलर : शिक्षित युवाको शिक्षक बन्ने संघर्ष (भिडियो)


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘प्रेम गीत’ मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीप यसपटक प्रकाश बनेका छन् ।अघिल्लो फिल्महरुमा उस्तै भूमिकामा बाहिरी आवरण मात्र परिवर्तन गरिरहेका उनले यसपटक भने आफूलाई परिवर्तन गरेका छन् । समकालीन चकलेटी अनुहारहरू अनमोल केसी, पल शाह, धिरज मगर, सलिन मान बनियालाई स्टारडम बढाएता पनि अभिनय गर्न नसकेको आरोप लागिरहँदा प्रदीप आफ्नो स्टारडमको छायाँबाट चरित्रलाई बाहिर ल्याउन प्रयत्नशील छन् ।

यसपटक प्रदीप आफ्नो प्रेमको अवतार भन्दा भिन्न छन् । प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् ।स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो ।

फिल्ममा अभिनय गर्न भनौँ वा प्रकाश बन्न उनले डेब्यु कलाकार झैँ संघर्ष गरेका छन् । उनले क्यारेक्टरको लागि अडिसन दिए , क्यारेक्टर बाच्न रंगकर्मी अनुप बरालसँग प्रशिक्षण लिए । किनकि उनलाई कथा मन परेको थियो । ‘मैले यसको वान लाइन सुन्दा नै मन छोयो । किनकि एउटा द्वन्द्वलाई हामीले भोगिसकेका छौँ । तर , हामीले त्यो द्वन्द्वपछि भोगिरहेको पिडाले कतै अर्को द्वन्द्व त निम्त्याउँदैन ? भन्ने प्रश्न फिल्मले गर्छ’ प्रदीपले भने । उनले आफू अभिनेता बन्न सक्ने मौकालाई अवसरको रूपमा लिँदै स्वीकारेको बताए ।

फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए ।

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्म माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ०६ बजे

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका