हुम्लाको चंखेलीमा मतगणना जारी | Khabarhub Khabarhub

हुम्लाको चंखेलीमा मतगणना जारी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ ।

 संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो ।

चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा ४ जेठमा मतदान कार्य सम्पन्न भएपछि गरिएको मतगणना स्थगित भएको थियो । तर,  बिहीबार बिहानबाट मतगणना कार्य गरिएको निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए ।

उक्त महादेव मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सीता परियार जानकारी दिए । चंखेली(२ मा रहेको मतदान केन्द्रमा जम्मा ९०३ जना मतदाता छन् । जसमध्ये ७८० मत खसेको र खसेको मतको कुल खसेको मतमा ३९५ पुरुष र ३८५ महिलाले मतदान गरेका हुन् ।  

 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १ : २९ बजे

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण