ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि | Khabarhub Khabarhub

ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ।

अघिल्लो चुनावमा अन्तिम समयमा कांग्रेस महर्जनले २०० मतले एमालेका हरिकृष्ण ब्यान्जनकारलाई पराजित गरको थिए। यो पटक उन व्यान्जनकार ठूलो मतअन्तरले पराजित हुने देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार महर्जनले १५ हजार ३५८ मत पाउँदा एमालेका उम्मेदवार ब्यञ्जनकारले ७ हजार ९६१ मत मात्र पाएका छन्।

ललितपुरमा महर्जनले ७ हजार ३९७ मतले अग्रता कायम गरेका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन्। एमालेकी मञ्जली शाक्य बजाचार्यले ८ हजार ९४ मत पाएकी छन् भने माओवादी केन्द्रका बाबुराज मर्हजनले ५ हजार १६७ मत पाएका छन्। ललितपुरमा सत्ता गठबन्धनले महर्जनलाई साथ दिएको छ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ०६ बजे

मन्डेलासँगै गुमेको दक्षिण अफ्रिकी नागरिकको भरोसा

संसारका हरेक राजनीतिक परिवर्तन पक्कै केही आशा र अपेक्षाका साथ

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन– नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्

शिक्षा र विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै

एमालेको राष्ट्रिय महिला भेला आजदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी आज

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको