नक्कली मह बिक्री गर्ने एक पक्राउ | Khabarhub Khabarhub

नक्कली मह बिक्री गर्ने एक पक्राउ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह जस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय अन्देश करौडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले करौडीलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग बाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले करौडीलाई नियन्त्रणमा लिएको हो । करौडीसँगै रहेका अर्का एक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाका बजारमा यस अघिदेखि नै नक्कली मह बिक्री हुने गरेको जनगुनासो छ । तराईबाट आउने व्यवसायीले प्रतिबोटल साँढे सात सयका दरले मह बिक्री गर्ने गरेका छन् । खरिद गरेर राखेको मह केही समयपछि डल्लो पर्ने र सड्ने गरेको उद्योग बाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ४५ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये