साउदीमा अलपत्र तीन नेपालीको उद्धार | Khabarhub Khabarhub

साउदीमा अलपत्र तीन नेपालीको उद्धार


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा साउदीमा अलपत्र तीन नेपाली युवाको उद्धार गरिएको छ ।

कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका चितवनका नवीन मगर, ललितपुरका सुदिप कार्की र अन्य एक जनालाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो ।

पिडितहरुलाई दूतावास रियाद हुँदै आरसिसी अल कासिम संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि विशाल श्रेष्ठको सम्पर्कमा आएका थिए। उनकै विशेष पहलमा नेपाल फर्कन सफल भएको एनआरएनए साउदीले जनाएको छ ।

पीडितहरू तीनै जनाको एक्जिट भिसाका लागि दूतावादले रियादबाट अन्य डकुमेन्ट लिएर अल कासिममा जुन ७ तारिखका दिन सम्पर्कमा आएका थिए । उक्त दिन नै निर्वासन केन्द्रमा राति १२ बजेदेखि लाइनमा बस्दा पनि भित्र छिर्न नदिएपछि दूतावासका प्रतिनिधि श्रेष्ठले केन्द्रका क्याप्टेनसँग अनुरोध गरेर एक्जिट भिसाका लागि आवश्यक पर्ने डकुमेन्ट बुझाइएको थियो ।

डकुमेन्ट बुझाएपछि लगातार फलो गरेर गत आइतबार एक्जिट भिसा लागेको थियो र पीडितहरू तीनै जना आजको उडानबाट नेपाल फर्किएको एनआरएनएले जनाएको छ ।

विगत ३० महिनादेखि कम्पनी छाडेर भागेका खोटाङका लक्ष्मीकुमार बुढाथोकी र सिरहाका मुन्ना नाथलाई पनि आरसिसी अल-कासिमको समन्वय र दूतावासको पहलमा स्वदेश फर्काइएको एनआरएनए साउदीका सचिव ध्रुव कटुवालले जानकारी दिए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ४७ बजे

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता