तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी    | Khabarhub Khabarhub

तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी   


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन् ।

रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना)  विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।

२०७४को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए भने माओवादी केन्द्रकै  विष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थिइन् । यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : २० बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख