भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि | Khabarhub Khabarhub

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ११ सय १९ मतले अग्रता बढाएकी छिन्।

पछिल्लो विवरण अनुसार रेनुले ९ हजार मत कटाएकी हुन्। बुधबार बिहानसम्म २५ हजार ३५८ मत गणना हुँदा रेनुले ९ हजार ११ मत ल्याएकी छन्।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका एमालेका उम्मेदवार सुवेदीसँग ११ सय १९ मतले अग्रता लिएकी हुन्।

पछिल्लो विवरण अनुसार काँग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले हालसम्म ४ हजार ११२ मत ल्याएका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङले ६ हजार ४५४ मत ल्याएकी छन्।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ४८ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार