अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने | Khabarhub Khabarhub

अञ्जिलाको जीवनसँग प्रभावित फिल्म बन्ने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । 

अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने छ ।

अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । ‘अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि अञ्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई फिल्ममा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ ’ निर्देशक चाम्सले भने । 

फिल्मलाई ठ्याक्कै अञ्जिलाको बायोपिक भन्न नरुचाउने चाम्सले उनकै कथामा फिल्म ७५ प्रतिशत हुने र २५ प्रतिशत भने वास्तविक कथासँग जोडिएका अन्य कथाहरुलाई जोड्ने बताए । आमाकै खातिर पनि फिल्ममा अभिनय गर्न लागेकी अञ्जिला अहिले मण्डला थिएटरमा अभिनय सिकिरहेकी छन् । फिल्ममा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन् । 

त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे । फिल्म घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुबै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे । ’हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कला संस्कृति र खेलकुद हुन् । यहाँ दुई नै जोडिएर आएका छन् । त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु’ युवा तथा खेलकुद मन्त्री गहतराजले भने । 

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् । विनोद अग्रवाल र राजेश अग्रवाल सह–निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ । यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् । फिल्मको घोषणा सभामा खेलकुद मन्त्री महेश्वर गहतराजसँगै खेलकुद सचिव दीवाकर रेग्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

फिल्मको छायाङ्कन जेठ दोस्रो साताबाट सुरु हुनेछ । इलामको फिक्कल र काठमाडौंमा छयाङ्कन हुने फिल्ममा अन्जिलाको संघर्ष र जीवन यात्रालाई प्राथमिकतामा राखेर निर्माण हुने बताइएको छ । २०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । 

अञ्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाईकी गोलकिपर हुन् । गत वर्ष सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन बन्दा टोलीको गोलपोष्ट उनले नै सम्हालेकी थिइन् । लिगका १२ खेलमा उनले मात्र एक गोलको सामना गर्नु परेको थियो । उनले पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यवसायिक फुटबल खेलेकी थिइन् । गत वर्षको लिगमा उनले उक्त टोलीको कप्तानी समेत गरेकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : १४ बजे

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित