सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना | Khabarhub Khabarhub

सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरूले धेरै दुख पाउनु परेको छ । विदेश जानु पर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए ।

वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संस्थागत पहल, आवश्यक प्रमाणहरू सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क र समन्वय लगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।

टेलिभिजनमार्फत वैदेशिक रोजगारी सम्बन्धी सचेतना मूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेहरूले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १० : ४० बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका