आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल | Khabarhub Khabarhub

आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन्।

कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तिको संकेत देखाएका हुन्।

आफू वडामा निर्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरूको सहयोगमा करिब २ सय जना कृषकहरूलाई कृषि सामाग्रीका साथै विभिन्न बिउ विजन र बोट बिरुवा वितरण गरेको बताए । बुधबार पनि विभिन्न समुहमा रहेका कृषकहरूलाई पलाष्टिक टनेल वितरण गरेको रावलको भनाइ छ ।

सामाजिक सेवा केन्द्र सोसेक नेपाल र वाक नेपालको सहयोगमा विपन्न परिवारका लागी कृषि सामाग्री हस्तान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष रावलले बताए । कमल रावल २०७९ सालको स्थानीय तह अन्तर्गत नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।

ठूलो संख्यामा युवाहरु कामको खोजीमा बिदेसिएका छन्, धेरै परिवारहरू बसाइसराइ गरेका छन्, अधिकांश आकासको भरमा रोपाईं हुने जमिनहरु बाझिने क्रममा छन् । देशको करिब दुई तिहाइ जनसंख्याको जिबिकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडि परिराखेको छ ।।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर