वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९/८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए ।

गत आर्थिक वर्षको साउन महिनामा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा  सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ । पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् । 

कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहोर्‍याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् । कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको सहसचिव अर्यालले जानकारी गराए । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब विप्रेषण भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा नौ खर्ब ६१ अर्ब विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा सुधार आउने विश्वास गरिएको छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ०६ बजे

एलन मस्क बेइजिङमा

काठमाडौं– अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन्

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ