प्रेम विवाह गरेर आएकी राधिकालाई ८ महिनापछि पतिले लगाए करेन्ट | Khabarhub Khabarhub

प्रेम विवाह गरेर आएकी राधिकालाई ८ महिनापछि पतिले लगाए करेन्ट


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छटपटाउँदै जीवन बिताउन बाध्य छिन्   ।

अस्पतालको श्यामा छटपटाउँदै आएका उनलाई अहिले दुःखको घडीमा साथ दिने न त उनका परिवार छन्, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर आफ्नो सुन्दर भविष्यको परिकल्पना गरेकी उनलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शय्यासम्म पुर्‍याएको छ ।

पति धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापा चोकमा बस्दै आएका अरुण शाहसँग करिब एक वर्षको चिनजानपछि आठ महिनाअघि प्रेम विवाह गरेकी उनी अहिले उनी पतिको चरम शारीरिक यातनाको पीडा सहन बाध्य छिन् ।

विवाहपछि थापा चोकमा डेरामा उनीहरू बस्दै आएका थिए । उनले विवाह गरेको करिब आठ महिनासम्म कोठा लिएर बस्दै आएको र श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएका  छन् । शारीरिक र मानसिक शारीरिक यातनाको कारण सकसमा परेका बेला उनको साथमा कोही छैनन् ।

‘सामान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्‍यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् ।

गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते भइन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएर उपचाररत छिन् ।

विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले उनलाई राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताएकी उनले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताइन् ।

‘महिनाको १० हजार जति मैले पनि कमाउँथे । घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ । बढिजसो मैसँग बस्थ्यो तर, पछि दुई/तीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो,’ राधिकाले भनिन्, ‘त्यसपछि आफूले सोधखोज गर्दा यातना दिने गरेको र त्यो दिनसमेत विवाद भएको र घरमा आफूलाई लैजान भनेपछि विवाद भयो । विवादपछि उनले कुटपिट गर्दै करेन्ट लगाएका दिए । करेन्ट लगाएपछि बेहोस  भएछु, कसले अस्पताल लग्यो, त्यो पनि थाहा पाइनँ ।’

उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन् ।

उनको हातको औँलादेखि खुट्टाको औँला र शरीरको भागहरू समेत जलेको छ । घटना भएदेखि नै अरुण फरार छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उनलाई उद्धार गरेर अस्पताल लगेको जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताए ।न्युज कारखाना 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ३४ बजे

उद्योगी व्यवसायीको पक्षमा नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धाराशयी अवस्थाबाट गुज्रिरहेका

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर

हर्क साम्पाङलाई पूर्वजनप्रतिनिधिले पत्रको जवाफ नदिने

सुनसरी – धरान उपमहानगरपालिकाका निवर्तमान मेयर (नगर प्रमुख) तिलक राई

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई

बेगनास तालको पूर्वाधार विकासमा जोड दिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका