रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी | Khabarhub Khabarhub

रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बूढा भारी मतान्तरले विजयी भइसकेका छन् । चौध वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एकएकवटा वडामा एमाले र कांग्रेसले जित्दा एउटा वडामा एमाले–कांग्रेस गठबन्धनले विजयी हासिल गरेको छ । 

यस्तै भूमे गाउँपालिकामा पनि माओवादी केन्द्रले विजयी हासिल गर्न सफल भएको छ । यस पालिकामा अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बूढा निर्वाचित भएका छन्। नौवटा वडा रहेको यस पालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । वडा नं ४ मा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानल नै विजयी भएका छन् ।

सिस्ने गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रबाट कृष्ण रेग्मी निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट गोपाल रेउले निर्वाचित भएका छन् । आठवटा वडा रहेको यस गाउँपालिकामा माओवादीले चारवटा वडा जितेको छ भने एमालेले तीनवटा वडा जित्दा कांग्रेसले एउटा वडा जितेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : २९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र