सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी | Khabarhub Khabarhub

सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली : सुर्खेतको चिंगाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका डोरप्रसाद शर्मालाई ६१ अन्तरले पराजित गर्दै एमालेका बोधविक्रम जिसी विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार जिसीले तीन हजार ५९१ र शर्माले तीन हजार ५३० मत प्राप्त गरे । उपाध्यक्ष पदमा एमालेकै मीनाकुमारी रोकाया विजयी भएकी छिन् । उनले तीन हजार ५८१ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्यले तीन हजार ४६९ मत प्राप्त गरे । मनमाया निवर्तमान उपाध्यक्ष थिइन् । 

वडामध्ये एमाले र कांग्रेसले तीन/तीन वडामा जित हासिल गरेका छन् । एमालेले वडा नं १, ४ र ५ तथा कांग्रेसले वडा नं २, ३ र ६ मा वडाध्यक्ष जितेका छन् । सुर्खेतका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिला मत परिणाम सार्वजनिक भएको यो पहिलो गाउँपालिका हो । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ०४ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला