धादिङमा सात पालिकाको मतगणना सकियो | Khabarhub Khabarhub

धादिङमा सात पालिकाको मतगणना सकियो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै रहेको छ ।

सात पालिकाममध्ये तीनवटा पालिकामा नेपाली कांग्रेस, दुईवटामा  नेकपा (माओवादी केन्द्र), एक पालिकामा नेकपा एमाले र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ र गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै निर्वाचित भए । गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र धुनिबेँसी नगरपालिकामा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् ।

यसैगरी गाउँपालिका उपाध्यक्षहरुमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकाबाट सीतामाया गुरुङ, गल्छी गाउँपालिकाबाट भाइकाजी तिवारी, धुनिबेँसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित भएका छन् ।

नेकपा माओवादीले खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ र ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी धर्म अर्याल निर्वाचित भए । अब एक नगरपालिका र पाँच गाउँपालिकाको मतगणना भइरहेकाले नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १७ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता