नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट | Khabarhub Khabarhub

नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् ।

आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् ।

उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो ।

केही दिनअघि कपिलवस्तुमा बसेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहको बैठकले चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने निर्णय गरेको थियो । यो निर्णयलाई लिएर पार्टीमा मतभेद छ ।

विप्लव समूहका कन्चन र सुदर्शनले पछिल्लो समय ठूला दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : २३ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा