अमेरिकाले युक्रेनलाई दिन लागेको अत्याधुनिक आत्मघाती ‘स्वचिब्लेड’ ड्रोन कस्तो हतियार हो ? | Khabarhub Khabarhub

अमेरिकाले युक्रेनलाई दिन लागेको अत्याधुनिक आत्मघाती ‘स्वचिब्लेड’ ड्रोन कस्तो हतियार हो ?


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले युक्रेनलाई स्विचब्लेड नामक मानवरहित हवाई उपकरण अर्थात् ड्रोन उपलब्ध गराउने अमेरिकी कंग्रेसका दुई अज्ञात अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा वृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेनलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका अनुसार हाल अमेरिकी फौजसँग स्विचब्लेड ३०० र स्विचब्लेड ६०० गरी दुई किसिमका किलर ड्रोन उपलब्ध छन् ।

एकै पटक मात्रै प्रयोग गर्न मिल्ने अर्थात् आत्मघाती शैलीको यस ड्रोनले लक्षित निशानामा सटीक प्रहार गर्ने र यसलाई केही माइल टाढाबाट नियन्त्रण गर्न सकिने जनाइएको छ ।

क्यामेरा, मार्गदर्शक उपकरण र विस्फोटक जडित यो ड्रोनले खासमा अत्याधुनिक स्मार्टबम जसरी स्वचालित ढंगबाट काम गर्ने एनबीसीको भनाइ छ । यसमा मोर्टार जस्तै ट्युबमा राखेर प्रक्षेपण गरिने प्रणाली रहेको जनाइएको छ ।

स्विचब्लेड निर्माता कम्पनी एरियोन्भारोमेन्टका अनुसार स्विचब्लेड ३०० कोही व्यक्तिमाथि प्रहार गर्न डिजाइन गरिएको हो भने स्विचब्लेड ६०० चाहिँ ट्यांक, बख्तरबन्द गाडी जस्ता निशानामा प्रहार गर्न बनाइएको हो ।

यद्यपि युक्रेनलाई अमेरिकाले कस्तो किसिमको अथवा दुबै किसिमको स्विचब्लेड प्रदान गर्न लागेको भन्ने स्पष्ट भइनसकेको एनबीसी न्युजले जनाएको छ । 

एनबीसीका अनुसार स्विचब्लेड ६०० मोडलको ड्रोनले ५० माइलसम्म ४० मिनेट उडान भर्दछ ।  यो हतियार निर्माण गर्न पनि अत्यन्त सस्तो रहेको कम्पनीको दाबी छ । स्विचब्लेड ३०० मोडलको एउटा ड्रोन उत्पादन गर्न केबल ६ हजार डलरमात्रै लाग्ने बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  २ : ४६ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश