नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको रोमाञ्चक जित | Khabarhub Khabarhub

नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको रोमाञ्चक जित


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले जित हात पारेको छ । मंगलबार नेदरल्याण्डको रोटरड्याममा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई १६ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रनमा समेटियो । उसका लागि कप्तान स्कट एडवार्डले अविजित ७१ , बिक्रमजित र कुपरले समान ६५/६५ रन बनाए । लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।

पाकिस्तानका लागि हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पाक्तिानले ५० ओभर खेल्दै ३ सय १४ रन बनाएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १(० को अग्रता बनाएको छ ।
.

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ४३ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी