विवेकशील साझाले गर्‍यो दल दर्ता   | Khabarhub Khabarhub

विवेकशील साझाले गर्‍यो दल दर्ता  


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील साझा पार्टीले पनि दल दर्ता गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा मंगलबार दिउँसो विवेकशीले दल दर्ता गरेको छ ।

सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले २२ साउनदेखि ३१ साउनसम्ममा उक्त निर्वाचनमा भाग लिन चाहने दलहरूलाई दल दर्ताको समय दिएको थियो । उक्त समयावधि आज मंगलबार सकिँदै छ ।

दल दर्ताको अन्तिम दिन मंगलबार अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीव वल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू आयोग पुगेर दल दर्ता गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र