एफबीआईले पासपोर्ट चोरेको ट्रम्पको आरोप | Khabarhub Khabarhub

एफबीआईले पासपोर्ट चोरेको ट्रम्पको आरोप


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा आफ्नो घरमा छापा मार्दा राहदानी चोरेको आरोप लगाएका छन् ।

‘ओहो ! मार–ए–लागोमा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् ।

रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व !’

तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ ।

एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ३१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ