हरिवनको तीन वडामा कांग्रेस, एक वडामा एमाले विजयी  | Khabarhub Khabarhub

हरिवनको तीन वडामा कांग्रेस, एक वडामा एमाले विजयी 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरिवन नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार टम बहादुर घिसिङ, वडा नम्बर २ मा नेपाली कांग्रेसकै वडाअध्यक्षका उम्मेदवार अर्जुन कुमार योञ्जन, वडा नम्बर ३ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार दिपमान लोप्चन र वडा नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार केशवराज थापा विजयी भएका छन् ।

४ नम्बर वडामा थापा नेतृत्वको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत ल्याएर थापा विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका किशोर मिक्चनले ३ सय ५९ मत प्राप्त गरे । 

त्यस्तै १, २, ३ र ४ नम्बर वडाको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका मेयर र उपमेयर उम्मेदवारले निरन्तर अग्रता लिइरहेका छन् ।  मेयरतर्फ एमालेका गणेश प्रसाद प्रसाईँले दुई हजार ४ सय ८१, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले १ हजार ४ सय ७० र नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकीले १ हजार ३ सय ३६ र कांग्रेसका राम प्रसाद मैनालीले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा भने एमालेकी हरिमाया घलानले २ हजार ५ सय ५०, कांग्रेसकी सोनी कुमारी बम्जनले १ हजार ८ सय ७५, माओवादीकी पद्मा मोक्तानले १ हजार १ सय ४१ र एकीकृत समाजवादीकी सीता थापाले ७ सय ७७ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : ०३ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव