रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी | Khabarhub Khabarhub

रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत प्राप्त भएको थियो ।

उपाध्यक्षमा माओवादी केन्द्रका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका छन् ।

थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । सो गाउँपालिका–१, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाषा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्धन घर्तीमगरले विजय हासिल गरेका छन् ।

वडा नं ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ४२ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा