उजुरीउपर ध्यान दिन एमालेको आग्रह | Khabarhub Khabarhub

उजुरीउपर ध्यान दिन एमालेको आग्रह


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ ।

पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

मतदानको दिनलगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरूले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष  दिएको निवेदनअनुसार निष्पक्ष तवरले पुनः मतदान गराउने र मतगणना गराउन एमालेले आग्रह गरेको छ ।

“जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो” विज्ञप्तिमा भनिएको छ, “यसैले संविधान निर्माणको क्रममा नेकपा एमाले राज्यको माथिल्लो तह सङ्घीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।”

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ३५ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ