हलमा फ्लप भएपछि ओटीटीमा आउँदै 'अट्याक'  | Khabarhub Khabarhub

हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘अट्याक’ 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जोन अब्राहम अभिनीत फिल्महरूले पछिल्लो समय राम्रो व्यापार गर्न सकेको छैन ।

फिल्म उद्योगमा दुई दशक बिताइसकेका जोनले यस अवधिमा उनले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्, तर पछिल्लो समय उनी अभिनीत फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।

जोन अभिनीत पछिल्लो फिल्म ‘अट्याक’ ले बक्स अफिसमा खासै राम्रो कलेक्सन गर्न सकेन । यसैले उनको फिल्म ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज हुने भएको छ । 

ज्याकलिन फर्नान्डेज र कुल प्रीत सिंहको अभिनय रहेको फिल्मलाई जी फाइभ मे २७ मा हेर्न पाइने छ । जी फाइभले पछिल्लो समय एकपछि अर्को फिल्म रिलिज गरिरहेको छ । झुण्ड, द कश्मीर फाइल्स, आरआरआर पश्चात अट्याक रिलिज गर्न लागिएको हो ।

मे महिनामा मात्र जी फाइभ यी चार फिल्म प्रदर्शन गरेको हो । लक्ष्यराज आनन्द निर्देशित फिल्म अट्याकमा एक सैनिकको कथा देखाइएको छ । सेनाले देशलाई गर्ने माया नै फिल्मको मुख्य विषयवस्तु हो ।

यद्यपि फिल्मलाई दर्शकले हलमा भने खासै साथ दिएनन् । फलतः यो फिल्म पनि जोनको ‘फ्लप’ मा समावेश भयो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ०९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र