युक्रेनमा रुसले एक तिहाइ सैनिक गुमाएको बेलायतको निष्कर्ष | Khabarhub Khabarhub

युक्रेनमा रुसले एक तिहाइ सैनिक गुमाएको बेलायतको निष्कर्ष


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतले युक्रेनमा रुसले झण्डै एक तिहाइ सैनिक गुमाएको जनाएको छ ।

बेलायती सैनिक जासुसी निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी आक्रमणको गति सुस्ताएको छ भने रुसी फौज निर्धारित कार्यतालिकाभन्दा धेरै पछाडि छन् ।

‘प्रारम्भिक रुपमा ससाना प्रगति गरेपनि पछिल्लो महिनामा रुसले ठूलो भूभागमा जित हासिल गर्न सकेको छैन भने निरन्तर रुपमा भारी हताहति व्यहोरिरहेको छ ।’, बेलायती रक्षा मन्त्रालयको ट्विटमा जनाइएको छ, ‘रुसले फेब्रुअरीमा तैनाथ गरेकोमध्ये एक तिहाइ सैनिक अहिले गुमाएकोजस्तो देखिन्छ ।’

रुसले अझै २० दिनसम्म नाटकीय रुपमा विजयको स्तरलाई बढाउन नसक्ने देखिएको ट्विटमा उल्लेख छ ।

रुसले आक्रमण गरेयता युक्रेनी फौजले राजधानी किभ आसपास रुसी सेना विफल पार्न सफल भएका थिए भने हाल मुलुकको पूर्वी भागमा रुसी फौजलाई पनि विभिन्न मोर्चामा पराजित गर्दै गएका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले मुलुकको पूर्वी भागमा रहेकाे इजियम शहरमा प्रत्याक्रमण जारी राखेको रोयटर्सले जनाएको छ ।

केही दिनअघिमात्र युद्धको अध्ययन गर्ने एक संस्थाले युक्रेनी फौजले खार्किभको युद्धमा रुसलाई पराजित गरेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो ।

युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ द्वारा जारी प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको थियो ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ ।’ प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : ५५ बजे

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष

पर्यटकलाई राम्रो होटल मिलाइदिन्छु भन्दै बार्गेनिङ गरेको आरोपमा पाँच जना पक्राउ

पोखरा– पोखरामा सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् ।