चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी | Khabarhub Khabarhub

चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।

 महर्जनले एक हजार ३९० मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको  अग्रता कायम छ ।  उनले उक्त वडामा १२१ मतले अग्रता लिएकी छिन् । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाए । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाइन् । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : ३५ बजे

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र