अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरालयी प्रहरीबीच झडप | Khabarhub Khabarhub

अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरालयी प्रहरीबीच झडप


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको जेरुसलेम शहरस्थित अल अक्सा मस्जिदमा प्यालेष्टाइनी र इजरायली सुरक्षा बलबीच भएको झडपमा १५० जनाभन्दा धेरै घाइते भएका छन् । इजरायली प्रहरीले विज्ञप्ति जारी गर्दै सयौँ प्यालेष्टाइनीहरुले पटाका र ढुङ्गामुढा प्रहार गरेपछि बल प्रयोग गरेको जनाएको छ ।

घाइतेमध्ये अधिकांशलाई रबरको गोली लागेको जनाइएको छ । प्यालेष्टाइनीहरुले नजिकै रहेको पश्चिमी पर्खालमा रहेको यहुदीहरुले प्रार्थाना गर्ने स्थानमा पनि आक्रमण गरेको इजरायली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्यालेष्टाइनीहरुको भीडलाई तितरबितर पार्न र शान्ति कायम गर्न अल अक्सा मस्जिद परिसरमा प्रवेश गरेको इजरायली प्रहरीको भनाइ छ ।

रोयटर्सका अनुसार इजरायली प्रधानमन्त्री नफ्तालाई बेन्नेटका प्रवक्ताले झडपका क्रममा सयौँ प्यालेष्टाइनीलाई पक्राउ गरिएको समेत जनाएका छन् ।

पछिल्लो समय इजरायलमा प्यालेष्टाइनीद्वारा आतंककारी आक्रमणको लहर बढिरहेका बेला मुसलमानहरुको तेश्रो सबैभन्दा पवित्र स्थल अल अक्सा मस्जिदमा झडप भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ३१ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक