किभस्थित क्षेप्यास्त्र निर्माण गर्ने कारखानामा आक्रमण गरेको रुसको दाबी | Khabarhub Khabarhub

किभस्थित क्षेप्यास्त्र निर्माण गर्ने कारखानामा आक्रमण गरेको रुसको दाबी


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले आफ्नो युद्धपोत डुबाएको बदलामा रुसले राजधानी किभमा रहेको क्षेप्यास्त्र निर्माण कारखानामा आक्रमण गरेको दाबी गरेको छ । विज्ञप्ति जारी गर्दै रुसी रक्षामन्त्रालयले किभस्थित क्षेप्यास्त्र निर्माण तथा मर्मत कारखानामा आक्रमण गरेको जनाएको हो ।

‘किभमा रहेको राष्ट्रवादी सत्ताबाट रुसी भूमिमा कुनै पनि आतंककारी आक्रमण गर्ने वा विनाश निम्त्याउने गतिविधिको प्रतिक्रियास्वरूप किभका निशानामा क्षेप्यास्त्र आक्रमणको संख्या र स्तर बढ्दै जानेछ ।’ रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसी आक्रमणबाट किभमा शुक्रबार सुनिएका विष्फोटका आवाज दुई साताअघि रुसी फौज किभबाट पछि हटेयताकै सबैभन्दा शक्तिशाली रहेको रोयटर्सले जनाएको छ ।

कार मर्मत गर्ने पसल चलाउने एक प्रत्यक्षदर्शीले रोयटर्सलाई जनाएअनुसार उनले औद्योगिक भवनहरुमा तीन वटा आगोको लप्का देखेका थिए । पछि अग्नि नियन्त्रकहरुले सो भवनमा लागेको आगो निभाएका थिए ।

‘भवनमा आगो लागेको थियो र म मेरो कारको पछाडि लुक्न गएँ ।’ ३८ वर्षे प्रत्यक्षदर्शी किरिल किरिलोले रोयटर्सलाई भने ।

यसअघि युक्रेनले बिहीबार नेप्चुन क्षेप्यास्त्र प्रहार गरी कृष्ण सागरमा रहेको रुसी फौजको मोस्कवा नामक युद्धपोतलाई ध्वस्त पारेको दाबी गरेको थियो । शुक्रबारमात्रै उक्त युद्धपोत डुबेको रुसी रक्षामन्त्रालयले पुष्टि गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : १० बजे

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार