पोखरामा मेयर/उपमेयर छान्न एमालेको मनोनयन दर्ता सकियो | Khabarhub Khabarhub

पोखरामा मेयर/उपमेयर छान्न एमालेको मनोनयन दर्ता सकियो


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नाैजनाले नाम दर्ता गराएका छन् ।

मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् । उनीहरू सबैजना मंगलबार पनि आकांक्षीको नाम टिपाएका व्यक्ति हुन् ।

उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ । यसअघि आकांक्षा देखाएका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी, हरिमाया गुरुङ पनि थिए । उनीहरूले मनोनयन भने दर्ता गरेनन् । विनकुमारी गुरुङले यसअघि आकांक्षीको नाम नटिपाए पनि अहिले मनोनयन दर्ता गरेकी छिन् ।

अहिले अझै आकांक्षीलाई मिलाउने प्रयास भइरहेको छ । सर्वसम्मत हुन नसके यहाँ दुई गुटबीच प्रतिश्पर्धा हुने छ । केन्द्रीय सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आ-आफ्ना प्यानल बनाउने बुझिएको छ । स्राेतका अनुसार अधिकारी ग्रुपबाट मेयरमा दर्शन लामा, कृष्ण थापा र सावित्री भण्डारी तथा गुरुङको प्यानलबाट पुष्पज्योति ढुंगाना, मीना गुरुङको नाम पक्का जस्तै छ । अर्को एकजना अझै खोजी भइरहेको छ । अहिले गुरुङ प्यानलको बैठक साइमन पार्टी प्यालेसमा बसिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : ४६ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो