बतासको पक्षमा उद्योग संगठन ! | Khabarhub Khabarhub

बतासको पक्षमा उद्योग संगठन !


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य संघले बतास समूहमाथी एकतर्फी चरित्र हत्या र मानमर्दन गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमासहभागि भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रुपमा निजि क्षेत्रले व्यवसाय गर्न खोज्नु गैर कानुनी र अपराधिक गतिविधि नभएको महासंघ ध्यानाकर्षण गराउन चाहन्छ ।’

नेपाल उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्ति

पोखरा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा बतास ब्रदर्ससँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नारायणहिटी दरबारमा रेष्टुँरा सञ्चाल गर्न सरकारले नै आह्वान गर्ने र पूर्वाधार निर्माणमा खर्च गरेपछि विभिन्न आरोप लगाउने भन्दै संघले सरकारको आलोचना गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्ति

त्यस्तै उद्योग संघठन मोरङले नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणमा निजी क्षेत्रलाई नियोजित रुपमा आक्रमण गरिएको टिप्पणी गरेको छ ।

उद्योग संगठन मोरङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रक्रियासम्मत रुपमा व्यवसाय अघि बढाउँदा पनि बतास अर्गनाइजेसनमाथि राज्यले एकपक्षीय ढंगबाट नियतबस हतोत्साहित पार्ने, फसाउने कार्य गरेको र मिडियामा अनर्गल प्रचार प्रसार भइरहेको भन्दै आपत्ती प्रकट गरेको छ ।

उद्योग संघठन मोरङले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : ३३ बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८