प्रेस चौतारी लमजुङको अध्यक्षमा आले चयन | Khabarhub Khabarhub

प्रेस चौतारी लमजुङको अध्यक्षमा आले चयन


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन भएका छन् ।

प्रेस चौतारी शुक्रबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले आलेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

आले नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान उपाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा सुरज गुरुङ, महिला उपाध्यक्षमा बेलिना थापा चयन भएका छन् । सचिवमा सरोज विश्वकर्मा, सहसचिवमा मिनराज परियार र राजन परियार र कोषाध्यक्षमा श्रीकला भण्डारी निर्विरोध भए ।

सदस्यमा सिताराम बसेल, सन्तोष श्रेष्ठ, मनोज विक, एलिसा श्रेष्ठ, सुमीत्रा भुजेल, सुनीता भुजेल, विपना तामाङ, शम्भु परियार र अनिल परियारलाई सर्वसम्मत रुपमा भएका छन्। अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अनुज अधिकारी, अन्जनकुमार हिमाली, सरला अधिकारी र अञ्जु गुरुङलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा बसन्त अधिकारी र कुमार पौडेललाई चयन गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : २८ बजे

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार