'देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भयाे' | Khabarhub Khabarhub

‘देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भयाे’


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरूको ध्यान केन्द्रित भएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा राष्ट्रिय आर्थिक मासिकको १२ औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले अहिले मुलुकमा देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भएको बताएका हुन् । उनले आफूले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसँग  खेलबाड गर्न नहुने बताए।

त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्य संयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिस गरेको आरोप लगाए। उनले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताए। अहिले सबैको ध्यान मुलुकको विकासमा केन्द्रित हुनुपर्ने भए पनि नेताहरूमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले बताए।

उनले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ०३ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य