सिक्किममा रोकियो 'कबड्डी ४' को प्रदर्शन | Khabarhub Khabarhub

सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४ : द फाइनल म्याच’को प्रदर्शनमा रोक लगाउने भएको छ । सिक्किममा फिल्म प्रदर्शन नहुने घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्ट्याटस लेख्दै गरेका हुन् ।

उनले विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेका छन् । ‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य सरकारले विवादको चित्त बुझ्दो समाधान नभएसम्म फिल्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ मुख्यमन्त्रीले गोलेले लेखेका छन् ।

काठमाडौँको सिभिल मलमा गुम्बा बसेका लामाले फिल्मकी अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै मिरुनाको मौखिक उजुरीमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । लामा पक्राउको चौतफी विरोध भएपछि प्रहरीले लामालाई छाड्नुका अलावा दुवै पक्षले एकअर्कासँग माफी मागेर विवाद टुंगिएको घोषणा गरिएको थियो । तर बाँकी लामाहरूले फिल्मको टिम र आरोपित लामाबीच भएको सहमतिमा सन्तुष्टि जनाएका थिएनन् ।

विवाद साम्य नभएपछि सिक्किममा पनि फिल्म प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै राज्य सरकारको ध्यानाकर्षण गराएका थिए । यही निवेदनका आधारमा राज्य सरकारले फिल्म रोक्ने निर्णय गरेको हो ।

योसँगै निर्माताको १ करोड बढी रकम जोखिममा परेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ११ : ३१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर